भ्रष्टाचारविरोधी अभियान देशभर चलाउनुपर्छ : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले भ्रष्टाचारविरोधी अभियान देशभर चलाउनुपर्ने बताएका हुन् ।
‘भ्रष्टाचारविरोधी अभियान, राज्यबाट प्रधानमन्त्री र गृहमन्त्रीले गरेर मात्रै हुँदैन। देशव्यापी रुपमा अभियान चलाउनुपर्नेछ। म त्यसको नेतृत्व गर्न तयार छु’, उनी भन्छन्, सबैको साथ र सहयोग आवश्यक छ। भ्रष्टाचारविरोध अभियान नयाँ समाजवादी आन्दोलनसँग जोडिन जरुरी छ।’
अध्यक्ष दाहालले संविधानमा भएको सीमाहरुलाई पनि परिमार्जित गर्दै समाजवादको नयाँ यात्रामा लैजाने जमर्को गरिरहेको बताए ।
प्रतिक्रिया