मंसिर ७ : अराजकता र अस्थिरताको भ्रम चिर्न एमालेको जागरण सभा

काठमाडौं । नेकपा एमालेका महासविच शंकर पोखरेलले मुलुकमा फैलाउन खोजिएको अराजकता र अस्थिरतालाई चिर्न मंसिर ७ गते जागरण सभा आयोजना गरिएको बताएका छन् । 

शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै महासचिव पोखरेलले जनता ठुला दलसँग असन्तुष्ट नभएर आशावादी रहेको भन्दै ठुला दलप्रति जर्वजस्त भ्रम सिर्जना भइरहेको बताएका हुन् ।

उनले अराजकताविरुद्ध जागरूक बनाउने काम राजनीतिक पार्टीको काम मात्र नभएर सञ्चारमाध्यमको समेत दायित्व हो भन्ने बुझ्नुपर्ने बताए ।

प्रतिक्रिया