गौशाला क्षेत्रका अतिक्रमित संरचनामा काठमाडौंमहानगरले चलायो डोजर

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएको छ ।चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो ।

चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको काठमाडौं  नगर प्रहरी जनाएको छ ।

अहिले हामी डोजर सहित गौशाला क्षेत्रमा छौं, यो धर्मशाला बाहेक अन्य क्षेत्रमा सडक मिचेर बनाइएका संरचना भत्काउन आएका हौं’ काठमाडौं एक जना नगर प्रहरी भने  पक्की र कच्ची गरी १०–१२ वटा संरचना हटाउनु पर्ने भएको छ ।’

चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।

प्रतिक्रिया