कूटनीतिक सम्बन्ध बलियो बनाउन ‘कन्सर्ट’ आयोजना गरिँदै

काठमाडौं । नेपाल, जापान र दक्षिण कोरियाका कलाकारले संयुक्त रुपमा ‘के पप टुर इन नेपाल’ म्युजिकल कन्सर्ट आयोजना गर्ने भएका छन् । 

‘ग्राण्ड च्यारिट नेपाल’ले डिसेम्बर २० र २१ तारिखमा होटल हायातमा कन्र्सट आयोजना गर्न लागेको हो । कार्यक्रममा जापान, दक्षिण कोरिया र नेपालका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने ग्राण्ड च्यारिट नेपालका अध्यक्ष विश्वमित्र सुवेदीले बताए ।

“तीन देशको कूटनीतिक सम्बन्ध बलियो बनाउन साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागेका हौँ”, उनी भन्छन्, “कला र संस्कृतिले सम्बन्ध प्रगाढ हुन्छ भन्ने मान्यता स्थापित गर्न खोजेका छौँ ।”  

उनका अनुसार कोरिया तथा जापानका केल्ट नाइन वी, बस्टर्च ग्रुप, डस्टिन ग्रुप, लभ वन ग्रुप, ‘सामुराई’ नामक ब्याण्डका कलाकारले प्रस्तुति राख्नेछन् । नेपालकोतर्फबाट कुटुम्ब ब्याण्डका साथै गायक दीपक बज्राचार्य र नेपाल आइटल करण परियारको प्रस्तुति रहनेछ ।

प्रतिक्रिया