राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा संसद अवरोधलगायतका विषयमा कुराकानी भएको बताइएको छ । भेटमा राष्ट्रपति पौडेलले पछिल्लो राजनीतिक घटनाक्रम, संसदमा निरन्तर भैरहेको अवरोध लगायतमा चासो राखेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले सरकारले विमानस्थलवाट भैरहेको सुन तस्करीको छानविन महत्व नदिदा समस्या बढेको जानकारी गराएका छन । उनले संसदको गतिरोध अन्त्यका लागि सरकारको भूमिका महत्वपुर्ण हुने पनि उल्लेख गरेका छन । यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालसँग साउन २५ गते भेटेर सम्वाद र छलफलमार्फत निकास खोज्न आग्रह गरेका थिए । उनले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग पनि यसअघि भेट गरेर संसदको गतिरोधमा चासो राखेका थिए । 

प्रतिक्रिया