दक्षिण अफ्रिकाको अवैध सुन खानीका मजदुर माथि कारवाही
एजेन्सी । दक्षिण अफ्रिकाले अवैध सुन खानीका मजदुर माथिको कारवाही तीव्र बनाएको छ ।
चार हजार अवैध आप्रवासी कामदार बसेको अनुमान गरिएको भूमिगत स्थानमा आपुर्ति कटौती गरेर कारबाही अभियान थालिएको हो ।
भूमिगत स्थान बाट बाहिर आएर प्रहरी प्रशासनलाई सहयोग गर्न गरेको आग्रह नमाने पछि आपुर्ति कटौती गरिएको प्रहरीले जनाएको छ । खाना, पानी लगायतका अत्यावश्यक आपुर्ती रोकिए पछि मजदुर बाहिर आउने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माधयमका अनुसार दक्षिण अफ्रिकामा लेसोथो, मोजाम्बिक लगायतका छिमेकी देशहरु बाट अवैध आप्रवासीले गैरकानूनी रुपमा संचालित सुनखानीमा काम गर्ने गरेका छन् ।
अबैध कामदारका कारण मापदण्ड पुर्याएर सञ्चालित खानीको व्यवसाय बिग्रिएको भन्दै सरकारले कारवाही थालेको हो ।
प्रतिक्रिया