पाराग्वे सँग अर्जेन्टिना पराजित

काठमाडौं । विश्व च्याम्पियन अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमामा पाराग्वे सँग पराजित भएको छ । 

शुक्रबार बिहान भएको खेलमा पाराग्वेले  २–१ गोलको जित निकालेको हो । खेलमा विजेता टोलीका लागि एनटोनिओ सानाब्रिआ र ओमनर एलडेरेटले गोल गरे भने अर्जेन्टिनाले लौटारो मार्टिनेजले एक गोल फर्काए । 

पराग्वे सँग पराजित शीर्ष स्थानको अर्जेन्टिनाको २२ अंक छ भने पाराग्वको १६ अंक सहित छैटौं स्थानमा छ । शुक्रबार नै भएको अर्को खेलमा ब्राजिलले भेनेजुएला सँग १–१ को बराबरी खेलेको छ । खेलमा भेनेजुएलाले टेलास्को सेगोभिया र ब्राजिलका भिनिसियस जुनियनरले गोल गरे  । 

बराबरी पछि ब्राजिलको ११ खेलमा १७ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै, भेनेजुएला ११ खेलमा १२ अंक सहित तालिकामा सातौं स्थानमा छ । ब्राजिलले मंगलबार साल्भाडोरमा उरुग्वेको सामना गर्नेछ भने भेनेजुएलाले चिली सँग खेल्ने तालिका छ । 

प्रतिक्रिया