श्रीलंकाको संसदमा कम्युनिस्ट पार्टीलाई दुई तिहाइ मत
एजेन्सी । चुनावी इतिहासमै चमत्कार गर्दै श्रीलंकाको कम्युनिस्ट पार्टी एन.पी.पी.ले संसदमा दुई तिहाइ बहुमत सीट जित नजिकै पुगेको छ ।
राष्ट्रपति अनुराकुमार दिशानायकेको राजनीतिक गठबन्धन नेशनल पिपुल्स पावर (एन.पी.पी)ले बहुमत ल्याउने देखिएको हो । राष्ट्रपति दिशानायकेको पार्टीले नेतृत्व गरेको वामपन्थी गठबन्धनले ६३ प्रतिशत मत सहित संसदमा एकल बहुमत बनाउने निश्चित भएको हो ।
अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार २ सय २५ मध्ये १ सय ७ सीट गठबन्धनले जितिसकेको छ । २ सय २५ सीट रहेको संसदमा यस अघि कम्युनिस्ट पार्टीको तीन सीट मात्र थियो । प्रमुख प्रतिपक्षि गठबन्धन समागी जन बलावेगया एसजेबी ११ प्रतिशत र पूर्व राष्ट्रपति रनिल विक्रमासिंघेको समर्थन प्राप्त दल नेशनल डेमोक्र्याटिक फ्रन्टले ५ प्रतिशत मत प्राप्त गरेको छन् ।
गत महिना सम्पन्न निर्वाचनमा सो पार्टीका नेता दिशानायकेले कार्यकारी राष्ट्रपति जितेका थिए । श्रीलंकाको संसदमा १ सय ९६ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने २९ जना समानुपातिक प्रक्रिया बाट चयन हुन्छन् । दुई महिना अघि मात्रै राष्ट्रपति पदमा निर्वाचित भएका दिशानायकेले संसद् विघटन गर्दै समय अगावै निर्वाचन गराएका हुन् ।
प्रतिक्रिया