ट्रम्पले गरे केनेडी जूनियरलाई स्वास्थ्य मन्त्रीमा नियुक्त
एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वास्थ्य तथा मानवसेवा मन्त्रीमा रोबर्ट एफ केनेडी जुनियरलाई चयन गरेका छन् ।
केनेडी जुनियर अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीका छोरा हुन् । हालै भएको निर्वाचनमा अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पले स्वास्थ्य तथा मानवसेवा मन्त्रीको उम्मेदवारको रुपमा जूनियरलाई पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार केनेडी जुनियरले लामो समय देखि, अमेरिकीहरू औद्योगिक फूड कम्प्लेक्स र औषधि कम्पनीमा नेतृत्व प्रदान गरेका छन् । स्वास्थ्य तथा मानवसेवा मन्त्रालयले रोग नियन्त्रण र रोकथाम केन्द्र, खाद्य र औषधि प्रशासन, र राष्ट्रिय स्वास्थ्य संस्थानहरुका लागि काम गर्ने गर्दछ ।
जनवरी २० मा कार्यभार सम्हानु अघि ट्रम्पले केही समय देखि धमाधम मन्त्री र मुख्य निकायहरुमा नियुक्ती गरिरहेका छन् ।
प्रतिक्रिया