काठमाडौंको फोहोर व्यवस्थामा चौतर्फी अवरोध भएको बालेनको गुनासो

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको बताएका छन् । 

सङ्घीय सरकार देखि  उपत्यका मेयर्स फोरम सम्मले यस कार्यमा अवरोध सृजना गरेको उनको आरोप छ । सामाजिक सञ्जालमा उनले राजनीतिक नेतृत्वको आलोचना गर्दै उनले नेताहरुले देश नै बेच्न खोजेको भएपनि काठमाडौं महानगर बिक्रीमा नरहेको उल्लेख गरेका छन् । 

काठमाडौं एक्लै नेपाल भनेर उभिने उनको भनाइ छ । फोहोर सम्बन्धी योजना कार्यान्वयनका निर्वाचित भए पछि त्यही अनुसार हामीले धेरै विकल्प अघि सारेपनि सहयोग नपाएको प्रमुख बालेनको भनाइ छ । भारत, चीन, जापान लगायत धेरै ठाउँमा पुगेर गरेको अध्ययन कार्यान्वयन गर्न चाहेपनि विभिन्न किसिमका अवरोधहरू सिर्जना गरिदिने काम भएको उनको आरोप छ । 

नेपवेस्ट नामको कम्पनीले अवरोध सिर्जना गर्न मुद्दा दर्ता गरेको र सो कम्पनीलाई राज्यले संरक्षण गरेको समेत बालेनले बताएका छन् ।

प्रतिक्रिया