गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज (शुक्रबार) विविध कार्यक्रम गरी मनाइँदैछ । 

गुरुनानकको जन्म वि.सं. १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो ।  ‘गुरु ग्रन्थ साहेब’ को रचना गरेका नानकले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत  गरेका थिए । 

नानक जयन्तीका अवसरमा पशुपति स्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेब’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराउने परम्परा छ । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरुनानक मठमा पनि विविध कार्यक्रम गरिनेछ । 

दिवसका अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिख गुरु नानकले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न’ दिएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको बताएका छन् । 

प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरुनानक जयन्ती मनाउने गर्छन् । गुरुनानक देवको सम्झनामा आज गुरुद्वारामा श्रद्धा र भक्ति भावले कीर्तन तथा दीप प्रज्ज्वलित लगायत कार्यक्रम आयोजना गरिएका छन् । 

प्रतिक्रिया