कार्तिक नाच : देखाइयो नृसिंह अवतारको गाथा
काठमाडौं । ललितपुरमा जारी कात्तिक नाच अन्तर्गत बिहीबार राति हिरण्यकश्यपु मञ्चन गरिएको छ । कार्तिक नाचको प्रमुख र बिशेष नृसिंह अबतारमा हिरण्य कश्यपु दैत्यलाई नृसिंहले बध गरीने नाच मध्यरातमा देखाइएको हो ।
धार्मिक संगै तान्त्रिक बिधिले हिरण्यकश्यपु दैत्यलाई नृसिंहले बध गर्दा बास्तबमै बेहोश हुने हिरण्यकश्यपुलाई मगंहिटीको पानी ल्याएर ख्वाए पछि मात्रै होश आउने भएकोले यो नाचलाई अलौकिक तथा दैबिक शक्ति मानिन्छ ।
नाचमा नारायणको अवतार नृसिंहले हिरण्यकशिपुलाई बध गरेको पौराणिक कथा प्रस्तुत गरिन्छ । यो नाच तान्त्रिक शक्तिमा आधारित नाच भएकोले नाचमा खेल्ने कलाकारहरुले भोकै बस्नु पर्ने लगायतका नियम पालना गर्नुपर्ने हुन्छ ।
विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । कात्तिक नाचको माध्यम द्वारा देशमा आउने विध्नबाधा हटेर शान्ति र सु–व्यवस्था कायम रहने विश्वास रहेको छ ।
कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । कात्तिक २१ गते भक्त सुरदास प्याखँ नाच बाट शुरु भएको हो । कात्तिक नाच आज (शुक्रबार) वस्त्रहरण लिला नाच संगै समापन हुनेछ ।
प्रतिक्रिया