संसद सूचारु गराउनका लागि पहल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

सत्तारुढ दलहरुले संसदको अवरोध खुलाउन संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारुढ दलहरुका शिर्ष नेताहरूको बैठकले प्रमुख प्रतिपक्षी दल एमालेलगायतका दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो । बैठकले संसदको अवरोध हटाएर सुचारू गर्न दलहरूसँगको संवादलाई तीव्र बनाउने निर्णय गरेको हो । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविनको माग गर्दै साउन १० गतेदेखि संसद अबरुद्ध गर्दै आएको छ । सत्ता गठनबन्धले भने यस प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको निष्कर्ष निकालिसकेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।
 

प्रतिक्रिया