रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच आज पार्टी कार्यालय वनस्थलीमा भेटवार्ता भएको छ । भेटमा उहाँहरुबीच नेपाल र चीनका आपसी चासोका विषयहरुमाथि छलफल भएको रास्वपाले जनाएको छ । साथै मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयहरुमा छलफल भएको बताइएको छ । सो अवसरमा राजदूत सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति ध्यानाकर्षण भएको र सोको यथाशीघ्र समाधानको पहल गरिने जानकारी दिएका छन । भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको समेत अवगत गराएका छन । भेटमा प्रतिनिधिसभा सदस्य तथा रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्यद्वय लिमा अधिकारी र प्रतिभा रावललगायतका नेतासमेत सहभागी थिए ।
प्रतिक्रिया