सभापति देउवाद्वारा पुइलेक विमानस्थलको निरीक्षण
डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुइलेक विमानस्थलको निरीक्षण गरेका छन् । प्रस्तावित पुइलेक विमानस्थल अजयमेरु गाउँपालिका–१ पुइलेक डाँडाको आज बिहिबार निरीक्षण गरेका हुन् । सभापति देउवाले निरीक्षणपछि हवाई मैदानको सम्भाव्यता अध्ययन गरेर विमानस्थल निर्माण गरिने बताए ।
विसं २०७६ मा विमानस्थल निर्माणका लागि उक्त स्थान छनोट प्रक्रिया अगाडि बढाइएको थियो । नागरिक उड्डयन प्राधिकरणको टोलीले स्थलगत अध्ययनका आधारमा साविक समैजी गाविसको पुइलेकदेखि बयलडाँडासम्मको क्षेत्र उपयुक्त हुने बताइएको छ । त्यसपछि विमानस्थल निर्माणका लागि सर्वेक्षण भएको थियो ।डोटी, दार्चुला, बैतडी, बझाङको केन्द्रविन्दु भएकै कारण डडेल्लधुरामा विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिमको दुर्गमका बासिन्दाले यातायातमा राहत पाउने छन् ।
प्रतिक्रिया