होसियार भए हुन्छ, बदमासी गरे प्रहरीले अनुसन्धान गर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ कांगेससँगको सहमतिअनुसार आफनो प्रधानमन्त्रीको कार्यकाल १८ महिना बाँकी रहेको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालको अवधिभर आफु भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताएका हुन् ।
‘म भ्रष्टाचार गर्दिनँ । अरुलाई पनि गर्न दिन्नँ । होसियार भए हुन्छ । बदमासी गरे पुलिसले छानबिन गर्छ,’ प्रधानमन्त्री ओली भन्छन्, ‘म आफनो काममा हुन्छु । अदालतले प्रक्राउ पुर्जी दिन्छ । प्रहरीले अनुसन्धान गर्छ । प्रहरीको काम म गर्दिनँ । जोकोही होस् गल्ती गर्ने जान्छ ।’
सुशासन र विकास सरकारको प्रमुख रोडम्याप रहेको बताउँदै उनले भने त्यसतर्फ सरकारले निरन्तर काम गर्दै आएको छ ।
प्रतिक्रिया