कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकशमान सिंहले कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्नेमा जोड दिएका छन् ।
बिहिबार नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा सुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ को शुभारम्भ गर्दै उपप्रधानमन्त्री सिंहले उत्पादनको क्षेत्रलाई प्राथमिकतामा राख्न निजी क्षेत्रसँग आग्रह गरे ।
उपप्रधानमन्त्री सिंहले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन वर्तमान सरकारले योजनाबद्ध रूपमा काम गरिररहेको जानकारी दिँदै उद्योग वाणिज्य सङ्घ तथा निजी क्षेत्रका संस्थाहरुले उठाएका विषय सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताए ।
भृकुटीमण्डपमा सुरु भएको ‘फिन इलेक्ट्रो टेक’ आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया