झाँक्री भुजेललाई ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको दुर्घटनामा पक्राउ परेका झाँक्री प्रकाश भुजेल ५ दिन हिरासतमा रहने भएका छन् ।काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध सवारी ज्यानको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी प्रवक्ता नवराज अधिकारीले बताए ।
भुजेलविरुद्ध ज्यान मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्री भनेर चिनिएका भुजेलले चलाएको ल्याण्ड क्रुजर जिपको ठक्करबाट बुधबार एकजनाको मृत्यु भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटीको मृत्यु भएको हो । भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो ।
प्रतिक्रिया