पेट्रोल र डिजेल÷मट्टितेलको मूल्य बढ्यो
नेपाल आयल निगमले पेट्रोल र डिजेल÷मट्टितेलको मूल्य बढाएको छ । गएराति एक बजे देखि लागू हुने गरि निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल÷मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ मूल्य बृद्धि गरेको हो । पेट्रोलको मूल्य यसअघि १ सय ७३ रुपैयाँ रहेकोमा अब १ सय ७८ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य १ सय ६७ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ थियो । इन्डियन आयल कार्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।
प्रतिक्रिया