संविधानलाई अक्षरंश पालना गरेर कानून बनाउनुपर्छ : डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधानलाई अक्षरंश पालना गरेर कानून बनाउनुपर्ने बताएका छन् ।
आज बिहिबार काठमाडौंमा अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक–२०८० बारे बोल्दै उनले संविधानको पालना गरेर कानून बनाउनुपर्नेमा नागरिकलाई सजाय दिने किसिमले मात्रै कानून बन्ने गरेको गुनासो गरेका छन् ।
नेता कोईरालाले उनले सामाजिक सञ्जाल विधेयक पुनःलेखन नै गर्न आवश्यक रहेको बताए । नेता कोइरालाले सरकार सधैँ निरंकुश हुने भन्दै सरोकारवालाहरुसँग बसेर छलफल गरेर मात्रै कानूनहरु बनाउनु उचित हुने बताए ।
सरकारले जहिल्यै नागरिकलाई पनिस्मेण्ट दिने हिसावले कानून बनाएको देखिएको उनको गुनासो थियो । कतिपय कानूनहरु संविधानसँग बाझिएका पनि डा.कोइरालाले बताए ।
प्रतिक्रिया