विस्थापित बार्‍ह घर परिवार मध्ये पाँच परिवारले शंखेश्वरी प्राथमिक विद्यालय भवनमा बस्न बाध्य

काठमाडौं । काभ्रेमा असोज दोस्रो साता अविरल बर्षातपछि आएको बाढी पहिरोले विस्थापित अझै विद्यालय भवनमा बस्न बाध्य छन । धुलिखेल नगरपालिका–१२ शंखुका विस्थापित बार्‍ह घर परिवार मध्ये पाँच परिवारले शंखेश्वरी प्राथमिक विद्यालयमा असोज १३ गतेदेखि आश्रम लिइरहेका हुन । विद्यालयको बाल कक्षा, खाजा पकाउने र गोदाम कोठामा विस्थापित बसिरहेका हुन ।

पीडितलाई विकल्प नभएकाले बैकल्पिक ब्यवस्थापन गरेर मात्रै विद्यालय छाड्न अनुरोध गरिएको छ । केहि परिवारको जमिन समेत बगाएकाले तत्कालै अस्थायी टहरा बनाउन समेत असहज भएकाले बैकल्पिक ब्यवस्थाको पहल भइरहेको जनप्रतिनिधिले बताएका छन ।

विद्यालयमा अहिले टिकाबहादुर तामाङ, टुल्के तामाङ, शम्भु तामाङ र चन्द्रबहादुर तामाङको परिवार आश्रय लिईरहेका छन । विस्थापित छ जनामध्ये दुई जना बजारमा सरेका छन भने बाँकी केहिको जग्गा र टहरा समेत बगाएकाले बैकल्पिक ब्यवस्थापन हुन सकेको छैन ।

प्रतिक्रिया