विश्वकपमा पुगेका महिला क्रिकेट खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार

काठमाडौ। नेपाली यू-१९ महिला क्रिकेट टोलीका खेलाडीले जनही २ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने भएका छन्। आइसिसी यू-१९ विश्वकप २०२५ मा छनोट भएको टोलीका खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले पुरस्कार स्वरुपा जनही २ लाख ५० हजार  दिने भएको हो। त्यस्तै टोलीका अफिसियलहरुलाई  क्यानले  जनही १ लाख ५० हजार रूपैयाँ प्रदान गर्ने भएको छ। 

 युएईमा भएको एसिया छनोटमा घरेलु टोलीलाई पछि पार्दै नेपाली टोली विश्वकपमा स्थान बनाएको थियो। 

नेपालले आगामी जनावरी-फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा समूह 'डी' मा प्रतिस्पर्धा गर्नेछ। समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्नेछन्। समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन्। 

विश्वकपमा छनोट भएसँगै नेपाली यू-१९ टोलीले एसिया कप समेत खेल्ने भएको छ। एसिया कप विश्वकपअघि मलेसियामै हुनेछ। मलेसियामा यू-१९ एसिया कप १५ देखि २२ डिसेम्बरसम्म सञ्चालन हुनेछ। 


 

प्रतिक्रिया