चीनको होजोन अटोले नेटा ईभी गाडी उत्पादन गर्ने कारखाना बन्द गर्यो
एजेन्सी । चिनियाँ विद्युतीय सवारीसाधन(ईभी) निर्माता होजोन अटोले नेटा गाडी उत्पादन गर्ने कारखाना बन्द गरेको छ ।
केही हप्ता अघि उत्पादन र कर्मचारी कटौतीको योजनामा लागेको नेटाले सोचे भन्दा कम ब्यापार गरेपछि कारखाना बन्द र कर्मचारी पनि ब्यापक रुपमा कटौती गरेको छ ।
नेटाले झेजियाङ कारखानामा गाडी उत्पादन रोकेको र चीनमा यसको बिक्रीमा गिरावट आएपछि कर्मचारी र उनीहरुको तलब कटौती गरेको बताइएको छ। नेटा सन् २०१८ मा स्थापना भएको थियो । यो सुरुवातमा प्रमुख ईभी निर्माता भित्र पथ्र्यो ।ब्रान्डका सीईओ झाङ योङले वेयबो र टिकटकमा गाडीबारे आफ्नो ब्लगमा अपडेट गर्न बन्द गरेका छन् ।
होजोन अटोले नेटा भी जस्ता किफायती इलेक्ट्रिक कारहरू उत्पादन गर्यो। यो रणनीतिले नेटाले सन् २०२२ मा ली अटो, नियो र एक्सपेङ जस्ता अन्य इभी कार कम्पनीलाई उछिनेको थियो ।
प्रतिक्रिया