भारतीय मिडियामा दाहालले भने- बेइजिङ गएर प्रधानमन्त्री ओली ‘चिनियाँ कार्ड’ खेल्छन्

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङ गएर ‘चिनियाँ कार्ड’ खेल्ने बताएका छन् ।

भारतीय मिडिया द हिन्दू डटकममा अन्तर्वाता दिँदै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको चिन भ्रमणले नयाँ सरकारको नीतिका कारण नेपाल–भारत बीचको सम्बन्ध र सीमा विवाद पुनः जागृह हुने खतरा रहेको बताएका हुन् ।

‘केपीजी द्विपक्षीय भ्रमणको लागि चीन जाँदैहुनुहुन्छ, तर यो भ्रमण बढी ‘चाइना कार्ड’ खेल्नका लागि मात्र भएको देखिन्छ, जुन गलत हो’, उक्त अन्तर्वातामा दाहालले भनेका थिए,’ ‘हाम्रो इतिहास, संस्कृति र भूगोलले हामीले हाम्रो सम्बन्धलाई सन्तुलित राख्नुपर्छ भन्ने देखाउँछ, र उहाँले चीन जानुअघि नेपालको भारतसँगको विशेष सम्बन्धलाई स्वीकार गर्नुपर्छ । यस्तो हुनुहुँदैन थियो ।’

अध्यक्ष दाहालले आफ्नो नेतृत्वको पछिल्लो १८ महिने सरकारको कार्यकालमा नेपाल–भारत सम्बन्धलाई ‘नयाँ उचाइ’मा पुर्‍याएको दाबी गरेका छन् ।

‘जून २०२३ को मेरो भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएका वार्ताहरूबाट केही महत्त्वपूर्ण सम्झौताहरू हुनुका साथै गहिरो समझदारी कायम भएको थियो । जसको प्रभाव लामो समयसम्म रहनेछ’, अन्तर्वातामा अध्यक्ष दाहालले भनेका छन् ।’

उनले भने, ‘मेरो सरकार ढालिएपछि अहिले नेपालमा भारतसँगको सम्बन्धलाई लिएर जे भइरहेको छ त्यो ठीक छैन । यो सहि होइन ।’

आफ्नो कार्यकालमा भारत नेपालको राष्ट्रिय हितका आधारमा बलियो सम्बन्ध बनाउन सकेकोमा गर्व लागेको उनको भनाइ छ ।

प्रतिक्रिया