आरजुको स्वागतार्थ डडेलधुरामा फूलमालासहित उपस्थित हुन सूचना जारी

काठमाडौ। नेपाली कांग्रेस डडेलधुराले कांग्रेस केन्द्रीय समिति सदस्य समेत रहेकी परराष्ट्र मन्त्री डा. आरजु राणाको स्वागतमा फूलमालासहित उपस्थित हुन    सूचना जारी गरेको छ ।

कांग्रेस डडेलधुरा सभापति भीमबहादुर साउदले विहिबार सूचना जारी गर्दै पार्टीका नेता कार्यकर्तालाई  राणाको स्वागतमा उपस्थित हुन निर्देशन दिएका हुन् । 

सूचनामा महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा कार्यसमितिहरु, टोल कार्यसमितिहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाका सम्पूर्ण कार्यसमितिहरु, क्षेत्रीय प्रतिनिधिहरु, क्रियाशिल सदस्यहरु, उद्योगी व्यापारीहरु तथा नेपाली कांग्रेसप्रति आस्थावान सम्पूर्ण महानुभावहरुलाई डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया