काठमाडौं विश्वकै आठौं प्रदूषित सहर, दिल्ली दोस्रो स्थानमा

काठमाडौ। विश्वकै प्रदूषित सहरहरुको आठौं सुचीमा काठमाडौं परेको छ।  बायु प्रदुषण मापन गर्ने आईक्यू एयर स्विटजरल्याण्डका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको प्रदूषण १ सय ५६ एक्यूआई मापन गरिएको छ।

विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ। आईक्यू एअरका अनुसार पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा छ। लाहोरको प्रदूषण मापन १५३७ मापन गरिएको छ।

छिमेकी भारतको राजधानी शहर नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा बढेर गम्भीर श्रेणीमा पुगेको छ। बुधबार दिउँसो एक्यूआई ५१९ मापन हुँदै दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ। 

यसलाई हावामा प्रदूषणको मात्रा गम्भीर तहमा पुगेको मानिन्छ जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ। चिसो बढेसँगै यी क्षेत्रमा वायु प्रदूषण गम्भीर तहमा पुग्ने गरेको छ। तेस्रो स्थानमा भारतको कोलकाता , चौथो र पाँचौँ स्थानमा भियतनामको हानोई  र बंगलादेशको ढाका सहर छन्।

 

प्रतिक्रिया