ब्राजिलको सर्बाेच्च अदालतमा आक्रमण गर्न खोज्ने ब्यक्तिको आफ्नै विस्फोटक पदार्थले मृत्यु
एजेन्सी । ब्राजिलको राजधानी ब्रासिलियामा रहेको सर्वोच्च अदालतमा आक्रमण गर्ने प्रयास गर्ने एक व्यक्तिको आफ्नै विस्फोटक पदार्थले मृत्यु भएको छ ।
बुधबार साँझ ती ब्यक्ति बम बोकेर अदालत प्रवेश गर्न खोजेका थिए । बम विष्फोट भएको केही समयपछि उनी सर्वाेच्चको भवनबाहिर मृत फेला परेका थिए । बम बिष्फोट हुनु भन्दा पहिले विस्फोटक जस्तो देखिने पदार्थ ती ब्यक्तिले अदालत परिसरमा फ्याँकेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। घटनामा अरु कसैलाई पनि चोटपटक नलागेको ब्राजिलका सरकारी अधिकारीहरुले बताएका छन् ।
त्यहाँको प्रहरीले ती व्यक्तिले रोबोट मार्फत अदालतमा आक्रमण गर्न खोजेको र बिस्फोटनसँग सम्भावित लिंक भएको टाइमर पत्ता लगाएको बताएको छ। समाचार एजेन्सीहरूले खिचेका तस्बिरहरूले मृतक व्यक्तिलाई अदालत बाहिरको क्षेत्रमा सुतिरहेको देखाएको छ, अधिकारीहरूले क्षेत्रलाई घेरा हालेका छन्।
ब्राजिलियाकी डेपुटी गभर्नर सेलिना लिओले पत्रकारहरूलाई संचारमाध्यमहरुलाई एक व्यक्ति अदालतको प्रवेशद्वारमा पुगेकोे र प्रवेश पाउन असफल भएपछि विस्फोट भएको हो। उनले छानबिन जारी रहँदा आज बिहीबार संसद बन्द राख्न सिफारिस गरेको बताएकी छिन्
प्रतिक्रिया