रवि लामिछानेको बयान शुरु

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुर अनुसन्धानका लागि पोखरा बाट भैरहवा ल्याइएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीकाका सभापति रवि लामिछानेको तेस्रो दिन बयान लिन शुरु भएको छ । 

मंगलबार र बुधबार गरी १३ घण्टा भन्दा बढी लगाएर लिइएको बयानका क्रममा उनले बुटवलको सुप्रिम सहकारी बाट आफ्नो नाममा प्रवाह भएको ऋण बारे अनभिज्ञता व्यक्त गरेका छन् । 

मंगलबार र बुधबार बयानका क्रममा ५० वटा भन्दा बढी प्रश्न सोधिएको र यस अघि नै तयार गरिएका झन्डै १५ प्रश्न सोध्न बाँकी रहेकाले  आज बयान लिन लागिएको बताइएको छ । 

दुई दिन सम्म जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा दिएको बयानमा रविले सुप्रिम सहकारी प्रकरणमा निर्दोष रहेको जिकिर गरेका छन् ।

प्रतिक्रिया