कर्मचारी महासङ्घ द्वारा बाढी पीडितलाई ७ लाख ७७ हजार सहयोग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले बाढी पहिरो पीडितका लागि ७ लाख ७७ हजार प्रदान गरेको छ ।
महासङ्घका अध्यक्ष मणिरत्न श्रेष्ठले बिहीबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा बाढी पीडितालाई सहयोग गरेकामा सङ्गठनका पदाधकारीपति कृतज्ञता ज्ञापन गर्दै अध्यक्ष दाहालले जनताका समस्या समाधानका निम्ति आफ्नो पार्टीले सधैँ अग्रमोर्चामा रहेर काम गरेको उल्लेख गरे ।
पुनःस्थापनाका कामले अझै गति नलिएकामा चिन्ता व्यक्त गर्दै उनले दुई वर्ष अघिका भूकम्पपीडित तथा हालैको बाढी पहिरोबाट पीडित भएकालाई समाजका सबै वर्गको सहयोग आवश्यक भएको बताए ।
सहायता रकम प्रदान गर्न महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनका अध्यक्ष अम्बादत्त भट्ट लगायत महासङ्घ र सङ्गठनका पदाधिकारी सहभागी थिए ।
रासस
प्रतिक्रिया