श्रीलंकामा आज संसदीय निर्वाचन
एजेन्सी । श्रीलंकामा बिहीबार संसदीय निर्वाचन भैरहेको छ । स्थानीय समयानुसार बिहान ७ बजे देखि शुरु भएको मतदान साँझ ४ बजे सकिने छ ।
कुल २ सय २६ सीटका लागि ८ हजार भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा रहेका छन । १ करोड ७० लाख भन्दा बढी योग्य मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार श्रीलंकामा बहुमतको सरकार बनाउन १ सय १३ सिट आवश्यक पर्दछ । राष्ट्रपति अनुरा कुमारा दिसानायकेको नेशनल पिपुल्स पावर एनपीपी र विपक्षी राजनीतिक दल दुवैका लागि यो निर्वाचन महत्वपूर्ण मानिएको छ ।
दिसानायकेको दलले संसदीय निर्वाचनमा पनि जित हात पार्ने अपेक्षा गरिएको छ । चुनावको नतिजा शुक्रबार आउने अपेक्षा गरिएको समाचारमा उललेख छ । श्रीलंका स्वतन्त्र भएपछि पहिलो पटक पूराना दललाई पछि पार्दै राष्ट्रपति दिसानायकेले २१ सेप्टेम्बरमा राष्ट्रपतिको चुनाव जितेका थिए ।
यो चुनाव श्रीलंकाका लागि निर्णायक मानिएको छ । श्रीलंंका पछिल्लो समय सबै भन्दा खराब आर्थिक संकट बाट बाहिर आउन संघर्ष गरिरहेको छ ।
प्रतिक्रिया