स्पेनमा भारी वर्षा र बाढीको चेतावनी

एजेन्सी । स्पेनको दक्षिणी भेगमा लगातारको वर्षा र बाढी आएपछि चेतावनी दिइएको छ । 

मालागा क्षेत्रका हजारौं मानिस विस्थापित भएका छन् । राष्ट्रिय मौसम कार्यालय एमेटले मालागा र उत्तरपूर्वी क्याटालोनिया क्षेत्रमा शुक्रबार सम्म भारी वर्षाको संभावना देखिएकोले उच्च सतर्कतामा राखेको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मालागाको पर्यटकीय क्षेत्रहरु मार्बेला, भेलेज र एस्टेपोना डुबानले प्रभावित भएका छन् । पूर्वी भ्यालेन्सिया क्षेत्रका केही भागहरूलाई पनि उच्च सतर्कतामा राखिएको छ । सो क्षेत्रमा तीन हप्ता अघि आएको बाढीले दुई सय भन्दा धेरैको मृत्यु भएको थियो । 

उत्तर–पूर्वी स्पेनको क्याटालोनियामा १२ घण्टामा १८० मिलिमीटर वर्षा हुनसक्ने तथा तारागोना नजिकैको तटीय क्षेत्रमा मेघगर्जन सहित वर्षा हुने सम्भावना औल्याइएको छ । मलागाका विद्यालयहरू बन्द गरिएको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया