बाइडन र ट्रम्प बीच ह्वाइटहाउसमा भेटवार्ता

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति जो बाइडेन बीच पहिलो पटक भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको भेटमा दुवै नेताले एक अर्कासँग हात मिलाएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाइडेनले राष्ट्रपति चुनावमा विजयी भएकोमा ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपति बाइडेनले सत्ताको सहज हस्तान्तरणको विषय पुनः दोहोर्‍यएका छन । प्रत्युत्तरमा ट्रम्पले सत्ता हस्तान्तरण सहज रुपमा हुने विश्वास व्यक्त गर्नुका साथै बाइडनलाई धन्यवाद दिएका छन् । दुई नेता बीचको वार्तालाप यसअघि दुवैले गर्दै आएको एक अर्काको कटु आलोचनाको ठीक विपरीत रहेको बताइएको छ । 

ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिनेछन् । यस बीच ह्वाइट हाउसमा सत्ता हस्तान्तरणको प्रक्रिया शुुरु भएको छ । अमेरिकामा निर्वाचन पछि वर्तमान राष्ट्रपतिले आगामी राष्ट्रपति सँग ह्वाइट हाउसमा औपचारिक भेट गर्ने चलन रहँदै आएको छ । यो बैठकलाई सत्ता हस्तान्तरण प्रक्रियाको सुरुवातका रुपमा हेर्ने गरिएको छ । 

डोनाल्ड ट्रम्पले २०२० मा जो बाइडेन सँग राष्ट्रपति चुनाव हारेपछि उनले बाइडेनलाई निमन्त्रणा पठाएका थिएनन् । प्रथम महिला जिल बाइडेनले ट्रम्प पत्नी मेलानियालाई पनि ह्वाइट हाउसमा निम्तो दिएकी थिइन् । तर, यसपटक मेलानियाले डोनाल्ड ट्रम्प सँग ह्वाइट हाउस गइनन् । यसैबीच अमेरिकी संसदको माथिल्लो सदन सिनेट पछि अब तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा पनि रिपब्लिकनले बहुमत सिट जित्ने निश्चित देखिएको छ ।  

नोभेम्बर ५ मा राष्ट्रपतीय निर्वाचनका साथै तल्लो सदनका सबै ४ सय ३५ र माथिल्लो सदनका १ सय मध्ये ३४ सीटका लागि पनि मतदान भएको थियो । दुवै सदनमा रिपब्लिकनको पकड हुँदा ट्रम्प थप शक्तिशाली हुने देखिएको छ । 
 

प्रतिक्रिया

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्द…

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रह…

अनावश्यक खर्च कटौती गर्नुपर्छ  : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोली घटना स्थलमा

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोल…