रूस द्वारा युक्रेनमा मिसाइल र ड्रोन आक्रमण
एजेन्सी । रूसले युक्रेनमा मिसाइल र ड्रोन आक्रमण तीब्र बनाएको छ ।
रूसले बुधबार किएभमा आफ्नो आक्रमण बढाइ राजधानीमा ड्रोन र मिसाइल द्वारा ७० भन्दा बढी हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । डोनाल्ड ट्रम्पको विजय पछि अमेरिकी सहायतामा बढ्दो चिन्ता बीच रूसले युक्रेनी भूमिमा निरन्तर आक्रमण गरिरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानीमा विस्फोट भएपछि बासिन्दाले किएभको मध्य क्षेत्रमा रहेको भूमिगत मेट्रो स्टेसनमा शरण लिइरहेका छन् । किएभका अधिकारीहरूले ब्रोभरीको उपनगरमा ड्रोन खस्दा एक जना घाइते भएको तथा प्रभावित स्थलमा आगलागी भएको बताएका छन् ।
क्रेमलिनले खेरसनको दक्षिणी क्षेत्रमा गरेकोे ड्रोन हमलामा ५२ वर्षीया महिलाको मृत्यु भएको ‘ब्ल्याक सी’ क्षेत्रका प्रमुखले बताएका छन् ।
प्रतिक्रिया