डेंगु संक्रमण नियन्त्रणमा सरकारको पहल फितलो, भदौंमा झनै उच्च गतिमा फैलिने स्वास्थ्यकर्मीको चेतावनी

डेंगु संक्रमण भदौं महिनामा उच्च गतिमा फैलिने र कात्तिक अन्तिमसम्म जोखिम रहने आंकलन गरेपनि पूर्वतयारी फितलो देखिएको छ । डेंगु रोकथाममा सचेतनामुलक कार्यक्रम स्थानीय तहले सञ्चालन गरेपनि मन्त्रालय स्तरमा प्रभावकारी कार्यक्रम हुन सकेको छैन । वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू गमला, पानीका ट्ंयाकी आदीमा डेंगुको कारक एडिज नामक लामखुट्टे विकास हुने गर्दछ । डेंगु लागेपछि सही उपचार गर्नु र प्रकोप रोक्न लामखुट्टेको लार्भा भएका ठाउँहरु खोजेर नष्ट गर्नु पर्ने विज्ञको सुझाव छ । यस्तै, डेंगु फैलाउनुको अर्को कारण जलवाय परिवर्तन र तापक्रम वृद्धि हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार असारमा दुई हजार हाराहारीमा रहेको संक्रमण अहिले १३ हजारमा पुगिसकेको छ । संक्रमणवाट सरकारी तथ्यांकमा ८ आजको मृत्यु भएको देखिएपछि सुनसरीमै त्यो भन्दा बढीले ज्यान गुमाएको तथ्यांकले देखाएको छ । गत वर्ष डेंगु प्रकोपका कारणले ५४ हजार ७८४ संक्रमित हुँदा ८८ जनाको ज्यानै गयो । तर, यो वर्ष अझै भयावह अवस्था निम्तिने अधिकारीको आंकलन छ ।नेपालमा २०६१ सालमा जापानबाट आएका एक जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । पछिल्ला वर्षमा दुई–तीन वर्षको अन्तरमा डेंगुले प्रकोपकै रूप लिंदै आएको छ ।

प्रतिक्रिया