पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

दैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा  पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ ।

चार हजार मिटर गहिराइ सम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हाल सम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए । 

चार हजार मिटर गहिराइ सम्म ड्रिलिङ भएपछि मात्र पेट्रोलियम पदार्थ भए नभएको पत्ता लाग्ने छ । चीन सरकारको दुई  अर्ब ५० करोड अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण जारी छ । महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ जारी राखेका हुन् । 

यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आयोजना स्थल आएर पेट्रोलियम अन्वेषणमा भएको प्रगति बारे जानकारी लिएका छन् । 
रासस 

प्रतिक्रिया