प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा २ जना बङ्गलादेशी पक्राउ

झापा । प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना  बङ्गलादेशी नागरिक काँकडभिट्टा बाट पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो । आफ्नो परिच खुल्ने कुनै कागतपत्र  नभएका उनीहरुका साथ बाट एक हजार पाँच सय टाका र दुई थान मोवाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं. गणका सूचना अधिकारी महेशराज बिष्टले बताए । 

उनीहरुलाई काँकडभिट्टा स्थित अध्यागमन कार्यालयमा बुझाएको छ । उक्त कार्यालयले बिहीबार उनीहरुलाई काठमाडौं स्थित अध्यागमन विभाग पठाउने जनाएको छ ।

प्रतिक्रिया