रुसको एक पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु, ६६ जना घाइते

रुसको एक पेट्रोल पम्पमा भएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ भने ६६ जना भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेहरुमा ३ जना बालबालिका रहेका छन्  । जसमध्ये १० जनाको अवस्था गम्भीर छ । घाइते मध्ये १३ जना बालबालिका रहेका छन् । गएराती पौने १० बजे दक्षिणी क्षेत्र दागेस्तानमा रहेको पेट्रोल पम्पमा विस्फोट भएको हो । विस्फोटबाट पेट्रोल पम्प ध्वस्त भएको छ ।  विष्फोटको कारण खुलेको छैन । विस्फोट लगत्तै भएको आगलागीले दर्जनौ सवारी साधन पनि नष्ट भएका छन् ।  आगो नियन्त्रणका लागि अग्नि नियन्त्रकहरूलाई साढे तीन घण्टाभन्दा बढी समय लागेको थियो । दागेस्तानका गभर्नर सर्गेइ मेलिकोभले घटनाको अनुसन्धान भइरहेको भन्दै सर्वसाधारणलाई धैर्य गर्न अपील गरेक छन । दागेस्तान गणतन्त्र रूसी संघको ८३ घटक भागहरू मध्ये एक हो र यो देशको दक्षिणी भागमा अवस्थित छ । 

प्रतिक्रिया