स्थानीय तहको उपनिर्वाचनमा रास्वपाले १७ ठाउँमा तोक्यो उम्मेदवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उपनिर्वाचनमा १७ जना उम्मेदवार छनोट गरेको छ । मंसिर १६ गते हुने ४४ पदमध्ये रास्वपाले १७ जना उम्मेदवार टुंगो लगाएको हो । रास्वपाले २५ स्थानका उम्मेदवार छनोट भने प्रक्रियामा रहेको जनाएको छ ।
रास्वपाले दैलेखस्थित महाबु गाउँपालिकाको अध्यक्षमा प्रकाशकुमार बुढा र जाजरकोटको नलगाँड नगरपालिकाको उपाध्यक्षमा पार्वती पुनलाई उठाउने भएको छ । रास्वपाले दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा गोमा श्रेष्ठ र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा सुजाता फडेरा (थापा) लाई उम्मेदवार बनाएको छ । काठमाडौ महानगरपालिका–१६ को अध्यक्षमा रोजिना श्रेष्ठलाई उम्मेदवार बनाइएको छ ।
आकांक्षी उम्मेदवारसँग छलफल, पार्टीको स्थानीय नेतृत्वको सिफारिसका आधारमा उम्मेदवारहरु तय गरिएको स्थानीय तह उपनिर्वाचन संयोजन समितिले जनाएको छ । अन्य स्थानको उम्मेदवार छनोट प्रक्रियामा रहेको रास्वपाले जनाएको छ । निर्वाचन आयोगले १६ मंसिरमा हुने उप निर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ताको कार्यतालिको बनाएको छ ।
प्रतिक्रिया