एमालेको जागरणसभा तयारीका लागि संयोजन समिति गठन

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको जागरणसभा तयारीका लागि संयोजन समिति गठन गरेको छ । नेकपा (एमाले) काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा मङ्सिर ७ गते काठमाडौंमा हुने जागरणसभाको तयारीका लागि आज बुधबार  बसेको बैठकले ११ सदस्यीय संयोजन समिति गठन गर्ने निर्णय गरेको हो ।

पार्टी महासचिव शङ्कर पोखरेलको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालयमा उपत्यका मातहत कमिटी, जनसङ्गठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले सभालाई भव्य र सुव्यवस्थित गर्नका लागि पार्टीको बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराईको संयोजकत्वमा जागरण सभा संयोजन समिति गठन गरेको छ । समितिको सहसंयोजक जिम्मा पार्टीको बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेललाई दिइएको छ ।

समितिका सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेबे, शमिक बडाल र जनक चौधरी रहेका छन् । जागरणसभा संयोजन समितिको आजै बसेको प्रथम बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको समितिका संयोजक डा. भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्द…

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रह…

अनावश्यक खर्च कटौती गर्नुपर्छ  : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोली घटना स्थलमा

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोल…