महसुल भुक्तानी नगरे फेरि लाइन काट्छौं : कुलमान घिसिङ
काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र उद्योगीहरुबाट बिद्युतको बक्यौता रकम लिएरै छाड्ने बताएका छन् ।
बुधबार पत्रकार सम्मेलन मार्फत उनले ती उद्योगहरुले बिजुलीको बिल अनुसार पैसा भुक्तानी गर्ने बिश्वास ब्यक्त गर्दै भुक्तानी नदिए कानून बमोजिम फेरि बिजुली काटिने चेतावनी दिएका छन् । प्राधिकरणले विवादित बक्यौता रहेका २८ उद्योगको लाइन यही कात्तिक ८ गते काटेको थियो ।
कात्तिक २५गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो । सो बमोजिम प्राधिकरणले ती उद्योगहरुमा बिजुलीको लाइन जोडेका छ । मन्त्रिपरिषदले १५ दिनभित्र टाइम अफ डे (टिओडी) मिटरका आधारमा बक्यौता असुलउपर गर्ने निर्णय पनि गरेको थियो ।
प्रतिक्रिया