प्रधानमन्त्री माफी नमागे र गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्ने सांसद् सुनिलकुमार शर्माको चेतावनी

नेपाली कांग्रेसका सांसद् सुनिलकुमार शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै शर्माले गृहमन्त्रीको राजीनामा नदिए आफूले आमरण अनसन बस्ने चेतावनी दिएका हुन ।  सांसद शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले माफी नमागे र तथा गृहमन्त्री श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिए । 
सांसद शर्माले प्रधानमन्त्री दाहालले आतंककारी सरकारको नेतृत्व गरेको कि प्रजातान्त्रिक सरकारको भनी प्रश्न समेत गरे । त्यसको तत्कालै माओवादीका प्रमुख सचेतक हितराज पाण्डलेले आपत्ति जनाएका थिए ।
शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेपछि आफूलाई गिरफ्तार गरिएको आरोप लगाए ।सांसदलाई बिना पक्राउ पुर्जी पक्राउ गरिन्छ भने जनताको अवस्था के हुन्छ भनेर उनले प्रश्न समेत दोहो¥याए ।


 

प्रतिक्रिया