मुन्धुमी चोरुलुङ पदमार्ग कार्यक्रम सम्पन्न
तेह्रथुम । तेह्रथुमजिल्लाको लालीगुराँस नगरपालिका का मेयर अर्जुन महागबुहाङ्ग ज्यु को नेतृत्वमा चोलुङ्ग ,वसाङ्ग्लुङ्ग ,फक्टाङ्ग्लुङ्ग (कंचनजङ्गा) कुम्भकर्ण हिमाल को पदयात्रा को रुट अध्यन अन्भेषण सम्पन्न भएको छ । नगरपालिकाले वातावरण मैतृ जिवनपद्दती अंगाल्ने, गाउंले परम्परालाई स्मरण गराउने र पर्यापर्यटनको आय आर्जन गर्ने उदेश्यकासाथ ०७९ देखि सुरु गरेको बसन्तपुरको चोरुलुङपार्क, तिन्जुरेरसेनसेनलुम्बा, मेन्छ्यायेम थेगु, मिल्कु, जलजलेरसुम्बेलुङ, सभापोखरीरसयावरक, साजुपोखरीरसाजुवरक, सोदोपोखरीरसोदोवरक, तोक्पेगोला, सिङ्सादेन, युमिक्मा, पालुङखोला, लोदेनपोखरी, सोनापोखरी, ओलाङचुङगोला, तिप्तालुङ, सिन्जेमा पोखरी, नङगोलापास, घुन्सा, काङ्बाचेन, फक्ताङलुङ कुम्भकर्ण र जुन्नु सम्मको मुन्धुमी स्थलहरुको अध्ययन, अर्काइभिङ र चोरुलुङ जगाउने कार्यका साथ मुन्धुमी चोरुलुङ पदमार्ग कार्यक्रम सम्पन्न गरेको हो।
पर्यटन बिकास को लागि मुन्धुह्म पदमार्गको अन्तर्राष्ट्रिय जगत मा प्रचार प्रसार गर्न सकेमा पुर्बी जिल्लाहरु तेह्रथुम ,शन्खुवासभा,ताप्लेजुङ लगाएत अन्य जिल्लाहरु मा समेत आर्थिक बिकास को सम्भावना देखिने सरोकारवालाहरुले बताएका छन्।
उक्त अध्यन अन्भेषणमा लालीगुराँस नगरपालिका का मेयर अर्जुन महाबुहाङ्ग, नगरपालिका प्रबक्ता देबेन्द्र खड्का ,समाजसेबी कासाङ्ग आङ्ग्जुक शेर्पा ,समाजसेवी टंक याङ्हिङ्ग्बा ,मुन्द्दुङ्गबिद् डा. क्षितिज साभा ,पत्रकारहरु बिराट अनुपम ,वसन्त बस्नेत ,जीवन श्रेष्ठ को सहभागीता रहेको थियो।
रुट चोलुङ्ग पार्क देखि पदयात्रा सुरु भइ तिनजुरे, म्यनछायम वसाङ्ग्लुङ ,टोप्केगोला साजु पोखरी ,वलाङ्ग्चुक गोला धुम्सा हुदै ,फक्टाङ्ग्लुङ (कुभ्भकर्ण हिमाल) सम्म को पदयात्रा लगभग १५ दिन मा पूरा गर्न सकिनेछ । साथै पदयात्रा को क्रन मा स्थानीय उत्पादन हरु गलैंचा ,अलैंची,हस्तकला ले बनाइएका समानहरु आदि पाइन्छ। उक्त क्षेत्र लाई नेपाल सरकार ले आरक्षण को रुप मा समेत घोषणा गरिसकेको ले विभिन्न जीबजन्तु तथा पशुपक्षि पनि देख्न सकिनेछ ।उक्त क्षेत्र मा दुर्लभ जनावर हिमचितुवा समेत पाइन्छ। मुकुम्लुङ्ग (पाथीभरा माइ) को मन्दिर लगायत अन्य धार्मिक स्थान समेत रहेकाले यस ठाउँ लाई धार्मिक पर्यटकीय क्षेत्र को रुप मा समेत चित्रण गर्न सकिने सरोकारवालाहरुले बताए।
प्रतिक्रिया