इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा २८ जनाको मृत्यु
एजन्सी । इजरायलले लेबनानको विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमण बाट २८ जनाको मृत्यु भएको छ ।
लेबनानको राजधानी बेरुतमा गरेको आक्रमणमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । देइर एल–बालाह शहरको भीडभाड माझ गरिएको आक्रमणमा अन्य ६ जना मारिएका छन् ।
इजरायली सेनाले विगत २४ घण्टामा देशको दक्षिणी क्षेत्र र वरपरका कम्तीमा ४० वटा गाउँहरू खाली गर्न आदेश जारी गरेको छ । इजरायलले सैन्य बल प्रयोग गरी नागरिक पूर्वाधारमा सबै भन्दा बढी क्षति पुर्याउन थालेपछि हजारौं विस्थापित भएका छन् ।
लेबनानका विभिन्न शहरका भौतिक संरचनाहरु खण्डहरमा परिणत भएका छन् । पछिल्लो समय युद्धबिरामको समेत कुनै पहल भएको छैन । द्वन्द्व अन्त्यका लागि संयुक्त राष्ट्रसंघले पहल गरेपनि यसले सार्थकता पाउन नसकेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया