लाइन काटिएका अधिकांश उद्योगमा जोड्यो प्राधिकरणले विद्युत्

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा उद्योगमा काटिएका विद्युतका लाइन जोडिएका छन् । 

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकले काटिएका लाइन जोड्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै १५ दिन भित्र बक्यौता उठाउने पनि बैठकले निर्णय गरेको छ । 

प्राधिकरणले टीओडी मिटरको आधारमा बिल दिनुपर्ने र उद्योगीले सोको आधारमा बक्यौता तिर्नुपर्ने बताउँदै बिल दिन नसके प्राधिकरणका कर्मचारी माथि र बक्यौता नतिरे उद्योगी माथि कारबाही हुने उर्जा मन्त्रालयले जनाएको छ । 

प्राधिकरणले विवादित बक्यौता रहेका २८ उद्योगको लाइन यही कात्तिक ८ गते काटेको थियो । केहीले प्राधिकरणको किस्ता सुविधा अनुसार पहिलो किस्ता तिरे पछि केही लाइन काटिएर पनि जोडिएको थियो । अहिले सरकारको निर्णय कार्यान्वयन गर्दै काटिएका २८ उद्योगको नै लाइन जोडिएको प्राधिकरणले जनाएको छ । 

सरकारले आइतबार नै उद्योगका काटिएका लाइन जोड्ने निर्णय पछि मन्त्री खड्काले सोमबार नै प्राधिकरण सञ्चालक समिति बैठक डाकेका थिए । तर, केही समिति सदस्य उपत्यका बाहिर भएका कारण कोरम नपुगे पछि मंगलबार पुनः बैठक बसेको हो । यही आइतबारको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले काटिएका लाइन जोड्न र टाइम अफ डे अर्थात टीओडी मिटरका आधारमा १५ दिनभित्र विवादित बक्यौता उठाउने निर्णय गरेको थियो । 

सो बैठकले लाल आयोग प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिएको थियो । प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता हाल सम्म करिब २२ अर्ब पुगेको छ । 

प्रतिक्रिया

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्द…

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रह…

अनावश्यक खर्च कटौती गर्नुपर्छ  : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोली घटना स्थलमा

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोल…