युट्युब तथा फेसबुकमाथि प्रेस काउन्सिलको अनुगमन, कारबाहीको चेतावनी

काठमाडौ। प्रेस काउन्सिल नेपालले युट्युब च्यानल तथा फेसबुक पेजमा सम्प्रेसित सामाग्रीमाथि अनुगमन गरिरहेको बताएको छ। मंगलबार एक सूजना जारी गद काउन्सिले सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीमाथि अनुगमन गरिरहेको बताएको हो।

नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रस्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि विशेष अपिल जारी गरेको हो। सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ।

 

प्रतिक्रिया