चीनमा व्यायाम गरिरहेको स्थानमा कार जोतिँदा ३५ जनाको मृत्यु
एजेन्सी । चीनको जुखाईस्थित एउटा रङ्गशालामा व्यायाम गरिरहेका मानिसहरूको भिडमा कार जोतिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
सोमबार भएको घटनाको ढिलो गरी प्राप्त समाचार अनुसार सो घटनामा ४३ जना अरु घाइते भएका छन् । घाइते हुनेमा अधिकांश बृद्धबृद्धा रहेका चिनिया संचार माध्यमहरुले जनाएका छन् ।
समाचारमा जनाइए अनुसार फान थर भएका ६२ वर्षीय चालकले कार चलाएका थिए । दुर्घटना लगत्तै उनी भाग्न खोजेका थिए । बिभिन्न अबरोध छिचोल्दै उनले मानिसहरु ब्यायाम गरिरहेको ठाउँमा कार छिराएका थिए । स्थानीय प्रहरीले घटनालाई “गम्भीर तथा अमानवीय आक्रमण” भनेको छ ।
सोधपुछका गर्नका लागि फान अचेत रहेका जनाइएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार उनले सम्बन्ध बिच्छेदपछि श्रीमतिलाई सम्पत्ति प्रदान गर्नु पर्दाको रिसका कारण यो घटना गराएको प्रारम्भिक अनुसनधानमा देखिएको छ ।
प्रतिक्रिया