भारतको ११ राज्यमा आज विधानसभा निर्वाचन
एजेन्सी । भारतको ११ राज्यको करिब ३३ विधानसभा सिटमा आज उपचुनावका लागि मतदान भैरहेको छ ।
झारखण्डमा मात्र ४३ विधानसभा सिटका लागि मतदान भैरहेको छ । आज ११ राज्य राजस्थानको ७, विहारका ४, मध्यप्रदेशका २, छत्तीसगढको एक, पश्चिम बंगालका ६, असमका ५, कर्नाटकका तीन, सिक्किमका २ र गुजरात, केरल र मेघालयका एक एक विधानसभा सिटका लागि मतदान भइरहेको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार सबै राज्यको मतगणना २३ नोभेम्बरमा हुने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, आजै केरला राज्यको वायनाड र महाराष्ट्रको नान्देड लोकसभाको रिक्त पदमा उपचुनाव अन्तर्गत मतदान हुँदैछ ।
वायनाडको रिक्त लोकसभा सिटमा कंग्रेसकी महासचिव प्रियंका गान्धी मुख्य दावेदार छिन् । लोकसभा चुनावमा कंग्रेस नेता राहुल गान्धीले रायबरेलीलाई छानेर वायनाडको पद गरेपछि चुनाव हुन लागेको हो । बायनाड सिटका लागि १६ उम्मेदवार मैदानमा छन् । त्यहाँ १४ लाख अधिकारिक मतदाताले भने मतदान गर्ने छन् ।
प्रतिक्रिया