एमालेको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित

नेकपा एमालेले आजपनि प्रतिनिधि सभा बैठक अबरुद्ध गरेको छ । एक क्विन्टल सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले आजको बैठकपनि अघि बढन नदिएको हो । बैठकमा एमाले सांसद मानवीर राईले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने आफूहरूको माग कायम रहेको बताए । 
सभामुख देवराज घिमिरेले शून्य समय सुरू गर्न लाग्दा एमाले सांसदहरू उठेर नाराबाजी गरेका हुन । एमाले सांसदलाई पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरुले सभामुखको आग्रहलाई बेवास्ता गरेका थिए । एमाले सांसदहरुले नारावाजी गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले भने टेबल ठोकेर सभामुखको ध्यानाकर्षण गराउन खोजेका थिए । एमाले सांसदले नाराबाजी गरिरहँदा रास्वपाका संसदीय दलका नेता रवी लामिछाने र उपनेता विराजभक्त श्रेष्ठले माइकमा आफ्नो कुरा सुनाउन समय मागेपनि पाएनन । एमालेका सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुखले प्रतिनिधि सभाको बैठक तीन भदौसम्मलाई स्थगित गरेका छन । एमालेको अवरोधले साउन १० गतेपछि संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । 
 

प्रतिक्रिया