धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनीले सहयोग गर्ने

काभ्रेपलाञ्चोक ।  बाढी पहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ । 

जर्मन सहयोग नियोग (जीआइजेड)मार्फत काठमाडौं) स्थित जर्मनीको दूतावासले  एक करोड ४५ लाख रकम सहयोग गर्ने नगर प्रमख अशोक ब्याञ्जूले बताए । 

हालै नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्ज सँग भएको भेटवार्तामा उनले खानेपानी आयोजनाको मर्मत सम्भारका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

आगामी केही दिनमा सहयता सम्बन्धी द्विपक्षीय सम्झौता सँगै रकम निकासा हुने नगप्रमुख ब्याञ्जूले जानकारी दिए । उक्त आयोजना पुनर्निर्माण गर्न  तीन करोड ५१ लाख खर्च हुने उनको अनुमान छ ।

जर्मनी बाट प्राप्त हुने रकम बाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ । गत महिनाको बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता खानेपानी सुविधा बाट वञ्चित भएका छन् ।
रासस 

प्रतिक्रिया