प्रधानमन्त्री ओली जुम्ला जाँदै

काठमाडौं ।  प्रधानमन्त्री एवं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति के.पी. शर्मा ओली प्रतिष्ठानको  प्रथम दीक्षान्त समारोहमा सहभागी हुन बुधबार  जुम्ला तर्फ प्रस्थान गर्दै छन् । 

प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री सहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झा, अमेरिका स्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि सहभागी हुने कार्यक्रम छ । 
रासस 

प्रतिक्रिया